चिल्ड्रन्स डे-मा देखापर्यो अनौठो दृश्य

00-01-02-6eacdd7e-713b-4ff8-89af-725d9e97ba6a.jpg

राजगञ्ज स्कुलका विद्यार्थीहरू मैदानमा बसेर मिड डे मिल खान बाध्य

राजगञ्ज: देशभरमै आज बाल दिवस पालन गरिरहेको छ भने यता राजगञ्ज ब्लक अन्तर्गत माझियाली ग्राम पञ्चायतको धारागछ २ नम्बर बीएफपी स्कुलमा एउटा अनौठो दृश्य देखियो। यस स्कुलमा मिड डे मील खानाको लागि डाइनिङ शेड नभएकोले विद्यार्थीहरू मैदानमै बसेर भोजन गर्दथे। उक्त विद्यालयमा लगभग १५० जना विद्यार्थीहरू अध्ययनरत छन्। तर स्कुलमा डाइनिङ शेड नभएकोले विद्यार्थीहरू स्कुलको मैदानमै बसेर मिड डे मिल खाने गरे तापनि वर्षाको मौसममा विद्यार्थीहरूलाई निक्कै असुविधा हुने गर्दछ। यसको साथै स्कुलमा पिउने पानीको पनि समस्या रहेको छ। यो स्कुल व्यस्त सड़क नजिक रहेको तापनि स्कुलमा बाउन्डरी वाल नभएकोले गर्दा विद्यार्थीहरूलाई निक्कै असुविधा हुने गर्दछ। यस सम्बन्धमा स्कुलका प्रधानाध्यापक प्रदीप कुमार दासले भने, स्कुलमा डाइनिङ शेड लगायत अन्य विविध समस्या रहेको छ। यस सम्बन्धमा विभिन्न ठाउँमा बारम्बर आवेदन गरे तापनि हालसम्म समस्याको समाधान भएको छैन। तिनले उक्त स्कुलमा डाइनिङ शेड, बाउन्डरी वाल र पिउने पानीको व्यवस्था गरिदिने माग गरेका छन्।

About Author

Advertisement