चिया श्रमिकहरूको विभिन्न मागमा आरम्भ रिले अनसन यथावत्

IMG-20220613-WA0151.jpg

बानरहाट: न्यूनतम मजदूरी जमिनको पर्जापट्टा सहित डब्ली पैसामा बढोत्तरीको मांग गर्दै विगत ७ जुनदेखि लखिपाडा चियाबारीको फ्याक्ट्री गेटअघि भारतीय टी वर्कर्स युनियनको तर्फबाट रिले अनसन सुरु गरिएको थियो| आज छैठौं दिन पनि अनशन यथावत् रहेको छ भने आजको यस अनसनमा मोगलकाट चियाबारीबाट छः जना अनि लखिपाडाबाट तीनजना गरी कुल ९ जना अनसनमा बसेका छन्| मोगलकाटाबाट आएकी अनशनकारी असरिता उराउँले भनिन्, राज्यको मुख्यमन्त्रीले आदिवासीहरूलाई ढॉंट्ने कार्य गरिरहेको आरोप लगाइन्|
अलिपुरद्वार जिल्लाको हॉंसीमारामा आदिवासीहरूको सामूहिक विवाहमा तिनी आएर चिया श्रमिकहरूको निम्ति १५ प्रतिशत बढाउने घोषणा गरेकी यो आदिवासी समुदाय अनि चिया श्रमिकहरूको निम्ति अमान्य हो| जबरजस्ती थोपिन खोजिएको हो| यसले न्युनतम मजदुरीको मुद्दालाई कमजोर बनाउने कोशिस गरिएको मात्र हो भनी बताइन्| मुख्यमन्त्रीले कन्याश्री प्रकल्प, रुपाश्री प्रकल्पको माध्यमद्वारा पैसा दिएतापनि त्यो पैसाले जीविका चलाउन नसकिने कारण सरकारले चॉंडोभन्दा चॉंडो हाम्रो मागलाई पुरा गर्नुपर्ने तिनले बताइन्| यता भारतीय टी वर्कर्स युनियनका बानरहाट ब्लक सभापति जयराज विश्वकर्माले भने, यदि राज्य सरकारले जबरजस्ती रुपमा १५% थोप्न चाहे यसको विरोधमा बृहत आन्दोलन गरिने बताए|

About Author

Advertisement