खरसाङ: चिया श्रमिकहरूले न्यूनतम रोज पाउनुपर्छ तथा श्रमिकहरूले पुस्तौँदेखि बस्दै आइरहेको आफ्नो जमीनको मालिकनामा हक अर्थात् पर्जापट्टा पाउनुपर्छ भन्ने मांगमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्रचार गरेका छन्। आज यसबारे एक विज्ञप्ति जारी गरेर स्वयं थापाले जानकारी दिएका छन्। उनले विज्ञप्तिमा भनेका छन्- पश्चिम बंगालमा चिया श्रमिकहरूको न्यूनतम ज्याला बढ़ाइनु पर्छ भन्ने मांग दीर्घकालीन हो, यसै मांगको सन्दर्भमा गत आठ वर्ष पूर्व राज्य सरकारले मिनिमम वेजेस एडभाइजारी कमिटी गठन गरेको थियो। तरै पनि चिया श्रमिकहरूको दीर्घकालीन मांगमाथि कुनै कार्य हुनसकेन। वर्तमान चिया श्रमिकले पाउने दैनिक ज्याला हो केवल दुइसय दुइ रुपियाँ। आजको महंगाईमा यति थोरै आम्दानीले घर चलाउनु हरेक श्रमिकलाई गाह्रो पर्छ। त्यसरी नै पुर्खौदेखि बसेर आएको कमानवासीले आजसम्म आफू बसेको घरसम्म आफ्नो भन्न सकेका छैनन्। चिया कमानमा आज पनि श्रमिकहरूको आफ्नो नाममा जमीन छैन। उनीहरूले बस्दै गरेको जमीन उनीहरू कै नाममा गरिनु पर्छ भन्ने मांग पनि धेरै लामो समयदेखि आइरहेको छ। यी दुई विषयहरूलाई लिएर आज मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेको छु भनी बताएका छन् विज्ञप्तिमा बताएका छन्। चिया श्रमिकहरूको पक्षमा मुख्यमन्त्रीलाई अपिल गर्दै चिया श्रमिकहरूको न्यूनतम ज्यालामा वृद्धि भएको हुनुपर्छ। दोस्रो सरकारले कमानवासीलाई आफू बसेको जमीनको टाइटल अधिकार दिनुपर्छ भनी मांग गरेको बताएका छन्। पत्रमा थापाले चिया कमानका वासिन्दाहरू कमानमा सयौं सालदेखि बसेर चिया उद्योगलाई टेवा पुर्याउदै आएका छन्। जमीन माथिको अधिकार माग्नु न्यायोचित छ भन्ने कुरा समेत जनाएको पनि बताएका छन् भने तिनले मुख्यमन्त्रीले यस मुद्धालाई अवश्यनै गम्भीरतापूर्वक लिएर यस दिशामा कारवाही गर्नेछिन् भनी आशा पनि व्यक्त गरेका छन्।










