चिया कविताद्वारा वार्षिक उत्सव पालन

IMG-20241226-WA0232

गान्तोक: साहित्यलाई औपचारिक कार्यक्रमको परम्परागत घेराबाट मुक्ति दिँदै वर्ष २०१४ सालको दिसम्बरदेखि सिक्किमको राजधानी गान्तोकबाट आरम्भ भएको चिया कविताको ११औँ वार्षिक उत्सव हिजो भव्यताको साथ पालन गरियो। राजधानीस्थित एक होटलमा आयोजित भव्य वार्षिक उत्सवको मुख्य आकर्षण कविता साँझ रहेको थियो। जहाँ सिक्किम दार्जीलिङका उम्दा कविहरूले कविता प्रस्तुती दिएका थिए। चिया कविता सिक्किमले आफ्नो वार्षिक उत्सवको अवसरमा भारतका चर्चित कवि तथा भूतपूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई पनि सम्झना गऱ्यो। चिया कविताको वार्षिक उत्सवकै दिन वाजपेयीको पनि जन्म जयन्ती पहेको हुनाले उनको पोट्रेटमा खादा लगाएर सम्मान गर्दै कविहरूले उनलाई सम्झना गरेको छ। यस अवसरमा कवि वाजपेयीको कविता वाचन सत्र पनि रहेको थियो। चिया कविताले केवल साहित्यलाई केन्द्रित गरेर कार्य गरिरहेको तथा कार्यक्रमहरू अनौपचारिक भएको हुनाले यसले ताकेको लक्ष्य नै सर्वोपरि रहेको कार्यक्रमको बिट मार्नेक्रममा कवि आख्य़ानकार प्रवीण राई जुमेलीले मन्तव्य व्यक्त गरे। उनले २०१४ देखि चिया किविताको सहयात्रामा आफू रहेको अनुभव साझा गर्दै यसले तामझाम र अऩावश्यक कुराहरूलाई नभएर केवल साहित्य कलालाई केन्द्रित गर्दै काम गरेको हुनाले सिक्किमबाट साहित्यमा गरिने कार्यको उदाहरण स्थापित गरेको बताए। यसैगरि कवि डा प्रदीप त्रिपाठीले सिक्किममा कविताको निम्ति सबैभन्दा सक्रिय मञ्च चिया कविता रहेको स्पष्ट रहेको बताए। चिया कविताको कविता साँझमा नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका कविहरूले कविता सुनाएका थिए। कार्यक्रममा साहित्यकारसितै चित्रकला सङ्गीत कलामा सङ्लग्न व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement