चियावारीबाट अर्ना भैँसीको शव उद्धार

IMG-20230408-WA0112.jpg

अलिपुरद्वारः बानरहाटको मुगलकोटा चियाबारीबाट मङ्गलवार एउटा अर्ना भैँसीको शव उद्धार गरिएको छ। स्थानीय सूत्रअनुसार, सोमवार बेलुकी दुइवटा अर्ना भैँसी डायनाको जङ्गलबाट निस्केर तोतापाड़ा चियाबारीमा पसेको थियो। यसपछि एउटा अर्ना भैँसी तोतापाड़ा चियानबारीबाट निस्केर मुगलकोटा चियाबारीमा पसेको थियो। अर्ना भैँसीका कारण मानिसहरू आतङ्कित बनेका थिए।

सूचना पाएर बिन्नागढ़ी वन्यजीव स्क्वाड र मोराघाट रेन्जका वन अधिकारीरू घटनास्थलमा पुगे अनि रातभरि अर्ना भैँसीमाथि नजर राखेका थिए। आज मुगलकोटा चियाबारीको ६९ नम्बर सेक्शनस्थित नालीबाट अर्ना भैँसीको शव उद्धार गरियो। वन विभागले नालीमा झर्दा अर्ना भैँसीको मृत्यु भएको हुन सक्ने अनुमान लगाएको छ। वन विभागले अर्ना भैँसीको शवलाई पोस्टमार्टमको निम्ति खुट्टीमारी जङ्गलमा पठाएको बताएको छ। पोस्टमार्टमपछि नै मृत्युको वास्तविक कारण स्पष्ट हुनेछ।

About Author

Advertisement