खरसाङ: चियाबारी श्रमिकहरूले बीस प्रतिशतको दरले बोनस नपाउनुको कारण जीटीएको सत्तामा रहेको राजनैतिक पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कारणले हो भनी बौध्द धर्म गुरु एंव गोजमुमो खरसाङ महकुमा समितिको सभापति पेम्बा रिम्पोर्छेले आरोप लगाएका छन्। दशैं आउन लागिसक्यो तर चियाबारी श्रमिकहरूको बोनसको अहिलेसम्म छिनाफाना भएको छैन भन्दै यसमा जीटीएको सत्तामा रहेको राजनैतिक पार्टी भागोप्रमोको षडयन्त्र हो भनी बताएका छन्। उनले आरोप लगाउँदै भने, दार्जिलिङ क्षेत्रमा जीटीएको सत्तामा भागोप्रमोले सत्ता सम्हालेपछि बीस प्रतिशतको दरले बोनस नपाएको हो र चियाबारी श्रमिकहरूको समस्या सिर्जना हुन थालेको आरोप लगाएका छन्। पेम्बा रिम्पोर्छेले भागोप्रमोले सत्ता सम्हाल्नु अघि चियाबारी श्रमिकहरूले बीस प्रतिशत बोनसको लागि गेट मिटिङ, धरणा र के के गर्नु पर्ने अवस्था रहेको बताएका छन्। उनले जीटीएको सत्तामा रहेकाहरूले चियाबारी श्रमिकहरूमाथि हेलचेक्राई गरिरहेको आरोप लगाएका छन्
उनले यसको साथै विभिन्न आरोपहरू लगाएका छन्। पेम्बा रिम्पोर्छेले खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै चियाबारी श्रमिकहरूको लागि पूजा बोनस बीस प्रतिशतले दिलाउन जीटीए प्रमुखले आफ्नो क्षमताको अनिवार्य रूपमा प्रयोग गरेको हुनुपर्छ। तर यसको लागि सभासदहरू वा पार्टीको कार्यकर्ताहरू धरणामा बस्नु र गेट मिटिङ गर्नु कुनै आवश्यकता थिएन। उनले भने, ‘जीटीएको कुर्सीमा प्रमुख कार्यपालको रूपमा बसेपछि चियाबारीक मालिकहरूलाई सोझै आदेश दिएर बोनस दिलाउन सक्नुपर्छ।’ पेम्बा रिम्पोर्छेले बन्द रहेको चियाबारीहरूमा दशैंको बोनसको लागि जीटीए प्रमुखले सहायता राशि प्रदान गर्नुपर्छ भनी बताएका छन्। उनले आरोप लगाउँदै भने, पार्टीको स्थापना दिवस धेरै खर्च गरेर गर्नुभन्दा चियाबारी श्रमिकहरूको बोनस दिलाउन सक्नुपर्छ भनी बताएका छन्।










