चियाबारीको पर्जा पट्टा दिलाउन सफल भएकोमा युनियनद्वारा खरसाङको विभिन्न चियाबारीहरूमा गेट मिटिङ गरेर धन्यवाद ज्ञापन

IMG-20230804-WA0380.jpg

खरसाङ: पश्चिम बंगाल राज्यको मन्त्री परिषदले चियाबारी क्षेत्रका जमीनको पनि पर्जा पट्टा दिने भनेपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिले विभिन्न बगानहरूमा गेट मिटिङ गरेर पर्जा पट्टा विषयमा बुझाउने कार्य शुरु गरेका छन्। खरसाङ महकुमा समितिले केही दिन अघि पनि खरसाङ बजारमा पोस्टरिङ गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई धन्यवाद दिएका थिए भने आज शुक्रबारदेखि विभिन्न बगानहरूमा गेट मिटिङ शुरु गरेका छन्। यसै क्रममा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिले खरसाङको विभिन्न चियाबारीहरूमा गेट गरेका छन्। यस क्रममा युनियनले खरसाङको स्प्रिङ साइड चियाबारी र तीनधारे चियाबारीमा गेट मिटिङ गरेका छन्।

खरसाङ महकुमा अन्तर्गत स्प्रिङ साइड, मन्टिभियट, गाड़ीधुरा, जंगपाना, तीनधारे चियाबारी आदि क्षेत्रमा गेट मिटिङ गरेर चियाबारी क्षेत्रमा पनि पर्जा पट्टा दिने व्यवस्था भएपछि केन्द्रीय अध्यक्ष अनित थापालाई धन्यवाद दिएका छन्। यसै क्रममा आज स्प्रीङ साइड चिया बगानमा हितडुप्लावयु स्प्रीङ्साइड शाखाको तत्वावधानमा शाखा अध्यक्ष दिपेन लामाको सभापतित्वमा धन्यवाद सभा राखियो। सभामा चियाबगानका सम्पूर्ण श्रमिकवर्गको उपस्थितिमा वर्षौदेखि पुर्खाले साँचेर राखेको आफ्नो घडेरीको पट्टा अब सरकारले दिने भयो भन्दै यसको लागि सम्पूर्ण श्रेय भागोप्रमो पार्टी अध्यक्ष अनित थापा जाने र आज हामी सम्पूर्ण श्रमिकवर्गले उनलाई यहि मञ्चबाट मुरीमुरी धन्यवाद दियौं भनी महकुमा सचिव भक्तिमान तामाङले बताएका छन्।

About Author

Advertisement