चिमनी देवराली ग्राम पञ्चायतको चित्रेमा विकास परियोजनाहरूको शिलान्यास

IMG-20240313-WA0184.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत चिमनी देवराली ग्राम पञ्चायतको उत्तर शिवखोलामा विभिन्न विकास परियोजनाहरूको शिलान्यास गरिएको छ। फिपटिन फाईनान्स प्लान र ग्राम पञ्चायत विकास योजनाको विकास कार्यहरूको शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्य चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत सदस्य दिपेस थापाले पूजा अर्चना गरेर सम्पन्न गरेका छन्। यस अवसरमा चित्रे नव कन्या ग्राम सुधार समितिको सभापति सचिव पनि उपस्थित रहेका थिए। आफ्नो क्षेत्रमा गरिएको विभिन्न विकास परियोजनाहरूको शिलान्यास गरेपछि पञ्चायत सदस्य दिपेस थापाले जीटीए चिफ् अनित थापा, क्षेत्रीय सभासद श्याम शेर्पा, चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत प्रधान बिमल तामाङ, उप प्रधान अनुपा सुब्बा लगायत समष्टीको नारी शक्ति, युवा शक्ति सबैलाई धन्यवाद दिएका छन्।

About Author

Advertisement