चित्रेमा श्रध्दाञ्जली सभा सम्पन्न

IMG-20230828-WA0301.jpg

खरसाङ: मतिगढा घटनालाई लिएर खरसाङ देवराली समष्टी अन्तर्गत चिमनी देवराली ग्राम पञ्चायतको उत्तर शिवखोलाको चित्रेमा श्रध्दाञ्जली सभाको अायोजना गरिएको छ। उक्त श्रध्दाञ्जली कार्यक्रम चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत सदस्य दिपेस थापाको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। उक्त श्रध्दाञ्जली सभामा स्थानीय अशोक राईले शुरुमा ममबत्ती बालेर श्रध्दाञ्जली अर्पण गरेका थिए अनि त्यसपछि उपस्थित सबैले श्रध्दाञ्जली अर्पण गरेका थिए। यस श्रध्दाञ्जली सभामा पञ्चायत सदस्य दिपेस थापा लगायत रुपेस राई, सुदिप गिरी, अदिप राई लगायत अन्यहरू साथै यस क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थित रहेका थिए।

श्रध्दाञ्जली सभामा पञ्चायत सदस्य दिपेस थापाले मतिगढ़ा घटनाको विरोध जनाउँदै नाबालिगप्रति श्रध्दाञ्जली अर्पण गर्दै हत्याराले कठोर सजाय पाउनु पर्ने मांग गरेका छन्।

About Author

Advertisement