गान्तोक: सिक्किमका प्रसिद्ध चित्रकार देव प्रसाद राईले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग शिष्टाचार भेट गरे। उनले लन्डन, युकेको प्रतिष्ठित होली आर्ट ग्यालरीमा प्रदर्शित गरेको चित्र पनि मुख्यमन्त्रीलाई उपहार स्वरूप प्रदान गरेका छन्।
उक्त जानकारी मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन्।
मुख्यमन्त्रीले भनेका छन्, ‘सिक्किमको सुनौलो युग’ शीर्षक रहेको यो कलाकृतिले कलात्मक प्रतिभा र नेतृत्वप्रति श्रद्धाञ्जलि दुवैलाई सुन्दर ढंगले समेटेको छ। म विश्वस्त छु कि यसले विश्वभरिका दर्शकहरूलाई प्रेरित गर्नेछ।
उनले चित्रकार राईलाई उनको उल्लेखनीय उपलब्धिको निम्ति बधाई दिॅंदै भविष्यका प्रयासहरूमा निरन्तर सफलताको कामना गरेका छन्।









