चितुवा फस्यो वन विभागको पिञ्जरामा

leopard-generic-650_650x400_71429557142.jpg

सिलगढ़ी: आतंकको पर्याय नै भइसकेको चितुवा अन्ततः बुधवार वन विभागको पिञ्जरामा फसेको छ। घटना मेटेली ब्लक अधिनस्थ नागेश्वरी चिया बगानको हो। वास्तवमा नागेश्वरी चिया बगान क्षेत्रमा विगत केही दिनदेखिको चितुवाले आतंक नै मच्चाएको थियो। यसलाई मध्यनजर गर्दै वन विभागद्वारा केही दिनअघि नागेश्वरी चिया बगानको सेक्शन-२ मा पिञ्जरा राखिएको थियो। यसै पिञ्जरामा चितुवा फस्यो। श्रमिकहरूले पिञ्जरमा चितुवा फसेको देखेर वनविभागको खुनिया रेञ्जलाई सूचित गरियो। सूचना पाएर वन विभागका कर्मीहरू घटनास्थलमा पुगे अनि चितुवालाई आफ्नो कब्जामा लिए।

About Author

Advertisement