चितुवाको हमलामा महिला चिया श्रमिक घाइते

IMG_20220811_183912.jpg

सिलगढी: गुलमा अन्तर्गत भैसामाड़ी चियाकमानमा चितुवाको हमलामा एउटी महिला श्रमिक घाइते भएकी छन्। घाइते महिला सुनीता मालपहाड़ियाको रूपमा चिन्हित भएको छ । प्राप्त जानकारी अनुसार प्रतिदिन आज बिहान भैसामाड़ी चियाकमानमा काम गरिरहेको समय अचानक एउटा चितुवाले महिला श्रमिकमाथि हमला गर्दा तिनी गम्भीर रूपमा घाइते भएकी छन्। घाइते महिलालाई तत्कालै उद्धार गरेर गुलमा अस्पतालमा लगेपछि त्यहाँ प्राथमिक चिकित्सा गरेर जिल्ला अस्पताल रेफर गरिदिएको बताइएको छ। हाल तिनी जिल्ला अस्पतालमा उपचाराधीन अवस्थामा छिन्। घटनाको खबर पाएर वन विभागका कर्मीहरू भैसामाड़ी चियाकमानमा पुगे। वन विभागको तर्फबाट उक्त चियाकमानमा खोर थापिएको बताइएको छ।

About Author

Advertisement