चितुवाको आक्रमणमा महिला श्रमिक घाईते

dfd9c30f-01ff-4e4b-8623-b0997adae3ab

कालचिनीः भातखावा चियाबारीको १० नम्बर सेक्सनमा काम गरिरहेको महिला श्रमिक रुनिका साहु उमेर २६ लाई बिहीबार अचानक कमानको नालाबाट निस्किएको एउटा चितुवाले झम्टिन्दा महिला श्रमिक घाईते बनेकी छन्। बारम्बार कमानको सेक्सनमा पिञ्जड़ा थापिएता पनि चितुवाको रगरगी अझै रहेको श्रमिकहरुले जनाएका छन्।
कमानमा अझै चितुवाहरु रहेको र काममा जान जोखिम भएको श्रमिकहरुले जनाएका छन्। घाईते महिला श्रमिक रुनिका साहुलाई तत्कालै उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याएर प्राथमिक उपचार गरेपछि घर पठाई दिएको अस्पताल सुत्रले जनाएका छन्।

About Author

Advertisement