चार दिवसीय बजेट अधिवेशन समाप्त

n65796997517431843735525f776e715d602cee34e0264f0346d2a437d3c771441afffb1c8b5aeeaa632a9c

गान्तोक: ११औं सिक्किम विधानसभाको दोस्रो सत्र (भाग III) को बजेट अधिवेशनको आज अन्तिम दिन वित्तीय वर्ष २०२५-२६ को निम्ति पेश गरिएको बजेट पारित गरियो। मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङले २६ मार्चका दिन सदनमा १६,१९६ करोड़ रूपियॉंको वार्षिक बजेट पेश गरेका थिए। बजेटमाथि २७ मार्चका दिन सदनमा चर्चा भएको थियो।
चार दिवसीय बजेट अधिवेशनको आज अन्तिम दिन मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत मन्त्री जीटी ढुङ्गेल, मन्त्री पुरण गुरुङ, मन्त्री पिन्चो नामग्याल लेप्चा, मन्त्री नर बहादुर दाहाल र मन्त्री राजु बस्नेतले आ-आफ्नो विभागीय अनुदान मागहरू सदनमा राखेका थिए, जुन बिना बहस पारित गरियो।

About Author

Advertisement