सिलगढी: फाँसीदेवाको डाङ्गापाडामा वाहन र बाइक दुर्घटनामा बाइक चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर मर्ने चालक जयेन्तिका चियाकमान निवासी रनित हानसाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज एउटा वाहन सिलगढीतर्फ आइरहेको समय डाङ्गापाडा इलाकामा बाइक र वाहन आपस्तमा ठोक्किँदा बाइक चालकको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। घटनापछि वाहन चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ।










