चारवटा गाई-गोरुसहित दुइजना तस्कर पक्राउ

सिलगढी: दुइजना तस्करलाई असममा तस्करी गर्न अगावै एनजेपी थानाको पुलिसले चारवटा गाई-गोरुसहित पक्राउ गरेको छ। पुलिस द्वारा पक्रा गरिएकाहरुमा अशरफुल हक र अनारुल हक सामेल छन्। आज तिनीहरूलाई जलपाइगढी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार मंगलवार राति गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले फूलबारी टोल गेट अघि अभियान चलाएर एउटा पिकअप भ्यानलाई जफत गयो। छानबिन अवधि पिकअप भ्यानबाट चारवटा गाई- गोरूहरू पुलिसले उद्धार गरेको छ। यसको साथै दुइजना तस्करलाई पनि पक्राउ गरेको छ। पुलिस सूत्र अनुसार ती गाई-गोरुहरू बिहारबाट तस्करी गरेर असम लगिरहेको थियो।

About Author

Advertisement