चाउमिन खुवाउने नाममा बालिकालाई दुष्कर्म गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ

IMG-20241022-WA0244

अलिपुरद्वार: एक बालिकालाई चाउमिन खुवाउने नाममा दुष्कर्म र हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। स्थानीय स्रोतका अनुसार ६ वर्षीया बालिका विगत सात दिनदेखि बेपत्ता थिइन्। मंगलबार झाडीबाट एक शव फेला परेको थियो। त्यसपछि उक्त क्षेत्रमा आक्रोश फैलियो। स्थानीय जनता जयगाउँ पुलिस चौकी पुगेर विरोध गर्न थाले। बालिकाको दुष्कर्मपछि हत्या भएको स्थानीयले विरोध प्रदर्शन गरे। सात दिन अघि दुई छिमेकीले बालिकालाई साँझ चाउमिन खुवाउन लगेका थिए। त्यसयता बेपत्ता थिइन्। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ र स्रोतका अनुसार घटनामा संलग्न रहेको आरोपमा दुई युवा छिमेकीलाई पक्राउ गरिसकेको छ। शव पोष्टमार्टमका लागि शव गृहमा राखिएको छ। तनावका कारण उच्च पुलिस अधिकारीको नेतृत्वमा ठूलो संख्यामा पुलिस परिचालन गरिएको छ।

About Author

Advertisement