सिलगढ़ी: सिलगढ़ी पारिजात संघको तत्त्वावधानमा आयोजित दुईदिने नक्आउट भेटरन्स फूटबल टुर्नामेण्ट आइतवार सम्पन्न भयो। लिम्बु बस्तीको ओल्ड स्वीमिंग पूल नजिक रहेको खेल मैदानमा आइतवार भएको फाइनल म्याचमा चाँदमुनी भेटरन्सले रोयल भेटरन्सलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट जेनेसिस लेप्चाले २२औं मिनट र पेमा लामाले ४५औं मिनटमा गोल गरे। यस सेवेन ए साइड भेटरन्स टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिएको थियो। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई विकास सुब्बा (लिम्बु) मेमोरियल विनर्स ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई पदम राई मेमोरियल रनरअप् ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरियो। फाइनलमा मुख्य अतिथिको रूपमा शोभा सुब्बा (पार्षद, एमआईसी शिक्षा अनि संस्कृति विभाग, एसएमसी) उपस्थित थिइन्। यसरी विशिष्ट अतिथिको रूपमा कप्तान जीवन कुमार देवान, महेन्द्र सुब्बा, अभय खालिंग, साजन छेत्री, सुरेन्द्र शर्मा, टोटन बोस, श्यामराज साइबो, छिरिंग तोपग्याल (बाबु लामा), जितेन पाल, सचिन ठकुरी र डा. राजेन्द्र सिञ्चुरी उपस्थित रहेको टुर्नामेण्टका संयोजकद्वय करण खालिंग राई र सञ्जीव सुब्बाद्वारा जारी प्रेस रिलीजमा जानकारी दिइएको छ।
संक्षिप्तमाः
च्याम्पियनः चाँदमुनि भेटरन्स
रनरअपः रोयल भेटरन्स
प्लेयर अव् द टुर्नामेण्टः तेञ्जिंग भूटिया (रोयल भेटरन्स)
प्लेयर अव् द म्याचः पेमा लामा (चाँदमुनि भेटरन्स)
बेस्ट गोलकीपरः विनोद थापा (चाँदमुनि भेटरन्स)
हाईएस्ट स्कोररः मनजीत सिंह (प्रधाननगर भेटरन्स)
फेयर प्ले ट्रफीः प्रधाननगर भेटरन्स










