चाँड़ै फर्ममा फर्किने रोहितको वाचा

IMG-20241218-WA0276

ब्रिसबेन: भारतीय कप्तान रोहित शर्माले गत केही समयदेखि उनको ब्याटिंग फर्म औसत रहेको स्वीकार गर्दै उनी आफ्नो खेललाई लिएर असल अनुभव गरिरहेको बताए। यसको साथमा उनले बोर्डर गवस्कर ट्रफी टेस्ट सीरीजको रहल दुईवटा म्याचमा फर्ममा फर्किने वाचा गरे। पितृत्व अवकाशले गर्दा पर्थमा पहिलो टेस्ट नखेल्ने रोहितले अष्ट्रेलिया यात्रामा रहल दुईवटा टेस्ट म्याचमा ३, ६ र १० रन मात्र बनाएका छन्। केएल राहुललाई ओपनिंग गर्ने मौका दिन उनी ६ सालपछि मध्यक्रममा ब्याटिंग गरिरहेका छन्। यसले उनको काम झन् चुनौतीपूर्ण बनेको छ। गाबामा तेस्रो टेस्ट म्याच ड्र भएपछि रोहितले भने, म असल ब्याटिंग गर्न सकिरहेको छुइनँ अनि यो सबैलाई थाहा छ। यसलाई स्वीकार गर्नमा कुनै खराबी छैन तर म कस्तो तयारी गरिरहेको छु भन्ने पनि मलाई थाहा छ। तयारीमा कुनै कमी छैन। अहिले केवल क्रीजमा अधिक समयसम्म कायम रहनु जरुरी छ अनि यो चाँड़ै हुनेछ। मेरो दिमाग, मेरो शरीर र मेरो खुट्टा सही तरिकाले चलिञ्जेलसम्म म खुशी छु। स्टार स्पिनर रविचन्द्रन अश्विनले बुधवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए। गत अष्ट्रेलिया यात्रामा नायक रहने अजिंक्य रहाणे र चेतेश्वर पुजाराले पनि अहिले घरेलु क्रिकेट खेलिरहेका छन्। यसरी एकपछि अर्को गर्दै साथीहरूसँग छुटिएको प्रश्न गरिँदा रोहितले भने, खेलाड़ीहरू आउनु र जानु खेलको हिस्सा हो अनि म अधिकांशसँग नै सम्पर्कमा छु। हामीले साथमा धेरै क्रिकेट खेलेका छौं अनि उनीहरूको कमी अनुभव हुन्छ। हामी सदा साथी रहनेछौं अनि सबैसँग भेटघाट भइरहनेछ। सबैको करियरमा कुनै न कुनै दिन विराम लाग्छ अनि त्यस समयसम्म खेलको मजा लिनु जरूरी छ।

About Author

Advertisement