चम्पासरी नेपाली साहित्य परिषदको मासिक साहित्यक भेला

IMG-20231107-WA0108.jpg

सिलगढी:  चम्पासरी नेपाली साहित्य परिषद, सिलगढीको मासिक साहित्यिक भेला हिज परिषदकै कार्यालय, चम्पासरी-मिलन मोड रोड अवस्थित बाबु बासामा आयोजन गरियो। परिषदका प्रमुख सल्लाकार डा. जीवन राणाको अध्यक्षतामा आयोजित मासिक साहित्यिक भेलामा प्रमुख अतिथिका रुपमा सुकुना उष्मा प्रकाशनकी प्रमुख उर्मिला घिसिङ उपस्थित थिइन्। उक्त भेलामा आगामी ११ नोभेम्बर २०२३ मा परिषद्वारा देवकोटा जयन्ती पालन गरिने निर्णय गरियो। त्यसका लागि देवकोटा सम्बन्धित रचनाहरू लेख्ने आह्वान उपस्थित  महानुभावहरूप्रति गरियो। दोस्रो चरणमा परिषदका संयोजक दिवाकर शर्मा ढुङ्गेलद्वारा सञ्चालित साहित्यिक गोष्ठीको आयोन गरियो। जसमा निर्मला न्यौपाने, उर्मिला घिसिङ, मुना बराल, रुबेन गुरूङ, सञ्जीव श्रीमल अनि दिवाकर शर्मा ढुङ्गेलद्वारा रमाइला कविताहरू प्रस्तुत गरिए। उक्त भेलामा परिषदका सल्लाकार डा. सुकराज दियालीले यस्तो भेलालाई व्यापकता दिंदै जाने आह्वान गरेको जानकारी परिषदकी अध्यक्ष सुष्मा गुरूङ मोक्तानले दिएकी छिन्।

About Author

Advertisement