चञ्चलता

Flying-Bird-1

चञ्चल…

उसको प्रवृति

हावा झैं

रफ्तार उसको

भावना रूपी

आकाशमा डुल्दै,

ठोकिनपुग्छ माया

जालमा सधैँ।

छैन पाबन्दी उसलाई,

हर्षले प्रफुल्लित हुन्छन् कतै,

कहिले जलनले पोल्छन् कठै,

मृत्यु सैय्यामा समेत

उडिबस्छन् कता कता।

कहिले थुन्सेभरि

आशाहरु बटुल्छन्।

कहिले निराशाको

डोको टन्न भर्छन।

कहिले दैव त…

कहिले दानव बनाउँछन् ।

काबुमा राख्न सके

कहलाउँछ महान पनि।

यस्तै यस्तै छ …

प्रवृति उसको !

बस्छन सधै उ

मेरोभित्र…..

हो यो…. मन….

.हो यो… मन।।।

(लेखिका भारतीय नेपाली साहित्यको संसारमा सुपरिचित महिला कवि एवं गजलकार हुनुहुन्छ)

About Author

Advertisement