चक्काजाम गर्न खोज्ने दुर्गा प्रसाईका १० जना समर्थक पक्राउ

IMG-20240920-WA0255

भद्रपुर: चक्काजाम गर्न खोज्ने दुर्गा प्रसाईका १० जना समर्थक पक्राउ परेका छन्।
सुनसरीको इटहरीबाट प्रहरीले बन्दकर्ताहरुलाई पक्राउ गरेको हो। इटहरी उपमहानगरपालिका-६ स्थित टेंग्रा पुलनजिकबाट जीवन श्रेष्ठ, गीतादेवी चौधरी, सारदा भट्टराई, शरद तामाङ, विकास उप्रेती, ध्रुव खड्का, मणि विक, हरि पोखरेल, रामबहादुर बस्नेत र कमल खड्कालाई प्रहरीले पक्राउ गरेको हो।
राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको कोशी प्रदेश कार्यालयको आयोजनामा प्रदेश उपाध्यक्ष ओम प्रसाईंको अगुवाइमा आज चक्काजाम गर्न खोजिएको थियो।

About Author

Advertisement