घैयाबारीमा शिक्षित युवाहरुलाई रोजगारको अवसर प्रदान गर्ने उद्देश्यको साथमा जानकारीमूलक कार्यक्रम सम्पन्न

IMG-20241124-WA0195

तीनधारे: भूतपूर्व सैनिकहरुको संगठन कारगिल एनजीओको आयोजनामा घैयाबारी क्षेत्रमा रहेका शिक्षित युवाहरुलाई लिएर रोजगारमूलक कार्यको लागि कार्यक्रम आयोजना गरिएको छ। घैयाबारी भूतपूर्व सैनिक वेलफेयर सोसाइटीले धुपगढीमा अवस्थित प्रथम एडुकेशन फाउण्डेशन अन्तर्गत प्रथम मल्टी स्किलिङ ट्रेनिङ सेन्टरसित मिलेर उक्त रोजगारमूलक कार्यक्रम आयोजना गरेको छ।‌ सोसाइटीले घैयाबारी क्षेत्रमा रहेका शिक्षित युवाहरुले रोजगार पायोस् भन्ने उद्देश्यका साथमा आयोजना गरेको उक्त कार्यक्रममा प्रथम मल्टी स्किलिङ ट्रेनिङ सेन्टर धुपगढीको तर्फबाट सुशान्त मण्डल, तुसान मण्डल र बाप्पी दास उपस्थित रहेका थिए। तीनैजनाले शिक्षित युवाहरुले कसरी आफ्नो क्षमता अनुसार काम पाउने र यस क्षेत्रको सबैलाई नि:शुल्क ट्रेनिङको व्यवस्था गरिदिने जानकारी गराएका छन्।‌ युवाहरुले आफ्नोे क्षमता र योग्यता अनुसार ट्रेनिङ गराएर रोजगार दिने बताएका छन्‌। उल्लेखनीय छ प्रथम मल्टी स्किलिङ ट्रेनिङ सेन्टरले नेशनल स्किल डेभलपमेन्ट को-ओपरेशनसित मिलेर कार्य गरिरहेको जानकारी प्राप्त भएको छ। यस अवसरमा घैयाबारी भूतपूर्व सैनिक वेलफेयर सोसाइटी कारगिल एनजीओको पदाधिकारीहरू पनि उपस्थित रहेका थिए।‌ उनीहरूले शिक्षित युवाहरुलाई विभिन्न प्रकारका स्किल ट्रेनिङ गर्ने सुझाव दिन्दै ट्रेनिङपछि रोजगारको अवसर प्रदान गरिने जानकारी गराएका छन्। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै कारगिल एनजीओको सचिव गणेश तामाङले हामीले प्रथम मल्टी स्किलिङ ट्रेनिङ सेन्टर धुपगढीसित मिलेर घैयाबारी क्षेत्रमा रहेका शिक्षित युवाहरुलाई रोजगारको अवसर प्रदान गर्नलाई यो जानकारीमूलक कार्यक्रम आयोजना गरिएको बताएका छन्। उनले हामी घैयाबारी भूतपूर्व सैनिक वेलफेयर सोसाइटीको टिम धुपगढी पुगेर निरिक्षण गरेर जानकारी संकलन गरेर नै यस क्षेत्रमा रहेका शिक्षित युवाहरुका लागि यो कार्यक्रम आयोजना गरेको जानकारी गराएका छन्।

About Author

Advertisement