घैयाबारीमा वार मेमोरियल बनाउन भूतपूर्व सैनिक र वरिष्ठ नागरिकद्वारा अनित थापा समक्ष अनुरोध

IMG-20250816-WA0119

तीनधारे: भूतपूर्व सैनिकहरुको संगठन कारगिल एनजीओ र वरिष्ठ नागरिक कल्याण संगठन घैयाबारीद्वारा देश रक्षामा शहीद भएका शहीदहरुलाई सम्झना गर्दै घैयाबारी क्षेत्रमा वार मेमोरियल बनाउन पहल शुरु गरिएको छ। दुवै संगठनले वार मेमोरियल घैयाबारीको झुम डाँडा परिसरमा बनाउन पहल गरिरहेका छन्। यसै ठाउँमा कारगिल एनजीओ र वरिष्ठ नागरिक कल्याण संगठनले ७९औं स्वतन्त्रता दिवस समारोह पनि पालन गरेका छन्। झुम डाँडा परिसरमा नै दुवै संस्थाले मिलेर राष्ट्रिय झण्डा उत्तोलन गरेर स्वतन्त्रता दिवस पालन गर्दै यस ठाउँमा वार मेमोरियल बनाउन जीटीए प्रमुख अनित थापालाई पनि अनुरोध गरेका छन्। केही समय अघि कारगिल एनजीओ र वरिष्ठ नागरिकहरुले जीटीए‌ प्रमुख अनित थापा समक्ष घैयाबारीमा वार मेमोरियल बनाउन अनुरोध गरेका थिए र जीटीए प्रमुखले पनि ठाउँ हेर्नु बनाई दिन्छु भनेकोले दुवै संस्थाले मिलेर घैयाबारीको झुम डाँडामा वार मेमोरियल बनाउन अनुरोध गरिएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै मणिकुमार छेत्री, दिलप्रसाद छेत्री र अर्जुन योञ्जनले घैयाबारी क्षेत्रमा पनि एउटा भ्यु पोइन्ट हुनु पर्ने र यसको लागि घैयाबारीको झुम डाँडामा वार मेमोरियल बनाउन जीटीए प्रमुख अनित थापा समक्ष अनुरोध गरेका छन्। उनीहरुले देश रक्षामा शहीद भएका शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्न साथै सम्झनामा राख्नलाई घैयाबारीमा‌ वार मेमोरियल बनिनु पर्ने आह्वान् गरेका छन्। विशेष गरेर जीटीए प्रमुख अनित थापाले वार मेमोरियलको लागि जमीन हेर्नु भनेकोले घैयाबारीको झुम डाँडा उपयुक्त रहेको भूतपूर्व सैनिकहरुको संगठन कारगिल एनजीओ र वरिष्ठ नागरिक कल्याण संगठन घैयाबारीद्वारा बताइएको छ‌।

About Author

Advertisement