घैयाबारी थ्री उषा किरण मल्टीपर्पस वूमन्स प्राइमरी को. सोसाइटीको तत्त्वावधानमा आयोजित महिला फूटबल टुर्नामेण्टमा डुवर्स एफसी र जूनियर रोहिनीले क्वार्टर फाइनलमा स्थान बनायो। खरसाङ नजिक घैयाबारीमा आज खेलिएको पहिलो म्याचमा डुवर्स एफसी-ले बुङकुलुंग एफसी-लाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अमिका तिर्कीले २ गोल गरिन्। यसरी नै दोस्रो म्याचमा जूनियर रोहिनीले सिपाहीधुरा एफसी-लाई ७-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सृजना तामाङ र रोजी प्रधानले ह्याट्रिक गरिन्। यस सेभेन ए साइड टुर्नामेण्टको फाइनल १२ फरवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









