घैयाबारीमा भागोप्रमोको बुथ स्तरीय चुनाव कमिटी गठन

IMG-20260307-WA0097

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी तीनधारे समष्टिको चुनाव कमिटी गठनको लागि घैयाबारीको बुथ नम्बर २५६ मा चुनाव सभाको साथमा बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ। उक्त सभा घैयाबारीस्थित समष्टि पार्टी कार्यालयमा २५६ बुथको सभापति एवं कर्माध्यक्ष दावा वाङ्दी लामाको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई बुथको सचिव शंकु खवासले सञ्चालन गरेका थिए। सभालाई महानदी तीनधारे समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, नारी शक्तिको समष्टि सभापति निरा प्रधान र सभाध्यक्ष दावा वाङ्दी लामाले वक्तव्य राखेका थिए। सभामा भागोप्रमो समष्टिको प्रवक्ता बिपन विश्वकर्म, युवा शक्ति समष्टि सभापति केवल राई, लगायत अन्यहरु पनि उपस्थित रहेका थिए। सभामा घैयाबारीको २५६ बुथमा चुनाव कमिटी गठन गरिएको छ। उक्त बुथ स्तरीय चुनाव कमिटीमा मुख्य संरक्षकको रूपमा सुरज दुराल, सह संयोजकहरु बसन्ती सुब्बा, मिरा राई, रञ्जु थापा, सुरज छेत्री, आशिका तामाङ र अरुणा तामाङलाई कोषाध्यक्षा चयन गरिएको छ। यसको साथै 43 जनाको चुनाव कमिटी गठन गरिएको छ। यस चुनावी सभा र बुथ स्तरीय चुनाव कमिटी गठन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement