खरसाङ: घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा नयाँ कमान एफसी र मिक्स अप बोइज खरसाङमाझ उपाधिको लागि भीडन्त हुने भएको छ। घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा गत ३ जनवरीदेखि भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको दोस्रो सेमी फाइनल खेल मिक्स अप बोइज खरसाङ र रोयल एफसीमाझ सम्पन्न भएको थियो। यस खेलको पहिलो हाफमा कुनै गोल भएन अनि गोलरहित पहिलो हाफको खेल सकिएको थियो। दोस्रो हाफको खेलमा रोयल एफसीको तर्फबाट जर्सी नम्बर १० प्रणय राईले गोल गरेर बढत बनाएका थिए। दोस्रो हाफको खेल समाप्त हुने समयमा मिक्स अप बोइज खरसाङको तर्फबाट जर्सी नम्बर १० ले गोल गरेर खेल बराबरीमा ल्याएका थिए। निर्धारित समयसम्म खेल १-१ गोलमा बराबरीमा समाप्त भएपछि परिणाम पेनाल्टी सुट आउटमा प्राप्त भएको थियो। यस पेनाल्टी सुट आउटमा रोयल एफसीको तर्फबाट ३ गोल अनि मिक्स अप बोइज खरसाङको तर्फबाट ४ गोल गरिएको थियो। यस पेनाल्टी सुट आउटमा मिक्स अप बोइज खरसाङले ४-३ को अन्तरले जितेर फाइनलमा प्रवेश गरेको छ। अब आगामी १ फरवरीमा हुने फाइनलमा मिक्स अप बोइज खरसाङको उपाधिको लागि नयाँ कमान एफसीसित हुनेछ। यस दोस्रो सेमी फाइनल खेल विषयमा पत्रकारहरूसँग कुराकानी गर्दै घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको सल्लाहकार दावा वाङ्दी लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।उनले बताए अनुसार घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा यसपाली दोस्रो संस्करणको नगदराशि फुटबल टुर्नामेन्ट भईरहेको छ।

यस टुर्नामेन्टमा जम्मा १६ वटा टिमहरुले सहभागिता जनाएका छन् अनि यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १ फरवरीको दिन हुने भएको छ। यस नगदराशि फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफिको साथमा डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ।










