खरसाङ: खरसाङ खण्डको घैयाबारी ग्राम पञ्चायत तीन अन्तर्गत अप्पर गैरी गाउँमा जीर्णावस्थामा पुगेको घर ढलेपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको टिमले निरीक्षण गरेपछि जीटीए प्रमुख अनित थापाको निर्देशन र सहयोगमा नयाँ घर निर्माण कार्य शुरु गरिएको छ। गत १९ जनवरीमा घैयाबारीको अप्पर गैरी गाउँ निवासी अरुणा ठटालको घर जीर्णावस्थामा पुगेर भत्केको थियो अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले समष्टि कमिटीमा जानकारी गराएका थिए। त्यसपछि तीनधारे महानदी समष्टिको सभापति राजीव थापाको अगुवाईमा निरीक्षण भ्रमण गरेका थिए। त्यसपछि भागप्रमो खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधानले बातचीत गरेपछि जीटीए प्रमुख अनित थापाको सहयोग र निर्देशनमा अरुणा ठटालको नयाँ घर निर्माण कार्य शुरु गरिएको छ। यस घरको निर्माण कार्य शुरु गर्नलाई बुधवार घैयाबारीमा भागोप्रमो खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टि प्रवक्ता बिपन विश्वकर्म, पञ्चायत प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई, घैयाबारी खण्ड समितिको सभापति धिरेन प्रधान, २५६ बुथ कमिटीको सचिव शंकु खवास, विद्यार्थी महासंघको समष्टि सभापति सुभम प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। सबैको उपस्थितिमा अरुणा ठटालको नयाँ घर निर्माण कार्य शुरु गरिएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले घैयाबारीको अप्पर गैरी गाउँमा अरुणा ठटालको घर जीर्णावस्थामा पुगेर ढलेको र गत २० जनवरीको दिन आफुले समष्टि कमिटीलाई जानकारी गराइएको र समष्टि कमिटीले पनि निरीक्षण गरिदिएको साथै खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधानले जीटीए प्रमुख अनित थापालाई सम्पर्क गरेर अरुणा ठटालको नयाँ घर निर्माण गरिने जानकारी गराएका छन्।

उनले बताए अनुसार जीटीए प्रमुख अनित थापाको सहयोगमा घर निर्माण कार्य बुधवारदेखि शुरु गरिएको जानकारी गराउँदै अरुणा ठटालको जीर्णावस्थामा पुगेर ढलेको अरुणा ठटालको नयाँ घर निर्माण थालिएकोमा स्थानीयहरु र अरुणा ठटालको तर्फबाट पनि जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।










