खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत घैयाबारीको मानेडाँड़ा क्षेत्र पर्यटकीय दृष्टिकोणमा प्रशस्त सम्भावना देखिएको छ। घैयाबारीको गुरुङ गाउँदेखि केही माथितिर रहेको मानेडाँडा क्षेत्रमा पर्यटकीय स्थलहरू बनिन सक्ने सम्भावना प्रशस्त देखिएको छ। यहाँ धार्मिक पर्यटकीय स्थलको लागि सम्भावना धेरै देखिएको छ़ किनभने यहाँ वैष्णवदेवी दुर्गा मन्दिर छ भने नजिकमै गुरूङ गुम्बा पनि रहेको छ जसले पर्यटकहरूलाई आकर्षित पार्न सफल बन्ने सम्भावना देखिएको छ। विशेष गरेर शान्ता अनि रमणीय क्षेत्र भएकोले देशी -विदेशी पर्यटकहरूलाई आकर्षित पार्ने सम्भावना बेसी देखिएको छ। शहरको कोलाहल र व्यस्त जीवनबाट निस्केर घैयाबारीको यस क्षेत्रमा आएको खण्डमा शान्ता परिवेशले धेरैलाई आकर्षित गर्न सक्ने देखिएको छ। घैयाबारीको सबैभन्दा उच्च स्थान र सिलिम हिल चियाबारीको उच्च स्थान रहेको यस क्षेत्रमा पर्यटकीय सम्भावना प्रशस्त देखिएको छ। यस क्षेत्रमा पर्यटन व्यवसायको लागि पूर्वधारहरू विकसित गर्न सकिए धेरै राम्रो हुने स्थानीयहरूले बताएका छन्। यस क्षेत्र उच्च स्थानमा रहेको हुनाले यहाँ स्थानीयहरू र पर्यटकहरूका लागि भ्यु पोइन्ट निर्माण गर्न सकिए धेरै राम्रो हुने देखिएको छ। यस क्षेत्रबाट गिध्द पहाड़, महानदी, रोहिणी, मिरिक, सिलगढी, सिटोङ, महल्दीराम लगायत वरिपरिका मनोरम दृश्यहरू अवलोकन गर्न सकिन्छ जसले गर्दा पर्यटकहरूलाई यस क्षेत्रमा धेरै आकर्षित गर्न सक्ने सम्भावना प्रशस्त देखिएको छ। हालैमा घैयाबारी र सिलिम हिल क्षेत्रको मुनितिरबाट रोहिणीको लागि प्याराग्लाईडिङ शुरु भएको कारणले प्याराग्लाईडिङको लागि यसै क्षेत्र भएर जानु पर्ने भएको कारणले पनि यस क्षेत्र पर्यटकीय दृष्टिकोणमा प्रशस्त सम्भावना स्थल रहेको छ। यसको साथै यसको ठीक मुनितिर चार्ली साहेबको कोठी अर्थात् ५२ ढोके कोठी नजिकै भएकोले पनि पर्यटकहरूका लागि राम्रो सम्भावना देखिएको छ। त्यसरी नै घौयाबारी र यसको संलग्न क्षेत्रमा अहिले होटल व्यवसाय र होम स्टेहरू सञ्चालन भईरहेको कारणले पनि ये क्षेत्र पर्यटकहरूका लागि मुख्य आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना प्रशस्त देखिएको छ। घैयाबारी र वरिपरिका होटलहरू र होम स्टेहरूमा बसेर आरामले यस क्षेत्रमा घुमफिरको लागि पर्यटकहरू आउन सक्ने सम्भावना धेरै देखिएको छ। यसको साथै घैयाबारीको पगला झोड़ामा रहेको आकर्षणीय झरणाहरू पनि नजिक रहेकोले यहाँ घुमेर पगला झोडासम्म घुम्न जानु सुविधा हुनसक्छ। त्यसरी नै पगला झोड़ामा बर्ड वाचिङ्गको लागि पनि यहाँबाट सजिलै जान सकिन्छ। यस क्षेत्रमा पर्यटकीय स्थलहरू बनाउनलाई घैयाबारीको भूतपूर्व सैनिकहरूद्वारा गठित कारगिल एनजीओद्वारा पनि पहलहरू गरिएको जानकारी प्राप्त भएको छ। यस विषयमा कारगिल एनजीओको सचिव गणेश तामाङले जानकारी गराए अनुसार घैयाबारीको मानेडाँड़ा क्षेत्रमा कारगिल एनजीओको तर्फबाट कारगिल युध्दमा शहीद भएका वीर योद्धाहरूको शहीद वेदी बनाउने योजना रहेको जानकारी गराएका छन्। उनले यस क्षेत्रमा पर्यटकीय स्थलहरू बनाउनलाई प्रशस्त रहेको बताउँदै घैयाबारी र वरिपरिका क्षेत्रहरूमा होटल व्यवसाय र होम स्टेहरू सञ्चालकहरू धेरै रहेकोले पर्यटकहरूलाई बस्न र यहाँ घुम्नु सजिलो हुने भएकोले यस क्षेत्रमा पर्यटकीय स्थलहरू बनाउनलाई सजिलो हुने बताएका छन्। यसको साथै यस क्षेत्रमा प्याराग्लाईडिङको कारणले पनि पर्यटकीय स्थलहरू सजिलो हुने बताउँदै घैयाबारीको उच्च स्थानमा रहेको यस मानेडाँडा क्षेत्रले स्थानीयहरू र पर्यटकहरूलाई आकर्षित पार्न सक्ने सम्भावना प्रशस्त रहेको बताएका छन्। यसको साथै घैयाबारी र वरिपरि क्षेत्रहरूमा पर्यटकीय स्थलहरू धेरै भएकोले यहाँ पर्यटकीय स्थलहरू बनाउन सजिलो हुने भएकोले घैयाबारीको मानेडाँड़ा क्षेत्रलाई पर्यटकीय मानचित्रमा हाल्न पर्यटकीय पू्र्वाधारहरू विकसित गर्न सकिने कारगिल एनजीओको सचिव गणेश तामाङले बताएका छन्।










