घैयाबारीको अप्पर गैरी गाउँमा जीर्णावस्थामा पुगेको घर ढल्यो

IMG-20260120-WA0157

खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको अप्पर गैरी गाउँ निवासी अरुणा ठटालको घर जीर्णावस्था भएर ढलेको छ। विगत केही वर्षदेखि जीर्णावस्थामा पुगेको घरमा नै बस्दै आएका अरुणा ठटालको घर राति गरामगुरुम ढलेको जानकारी प्राप्त भएको छ।‌उनको जीर्णावस्थामा रहेको घर ढलेको समय अरुणा ठटाल घरभित्र नै रहेको उनलाई कुनै चोट पटक भने लागेन। तर आफ्नो जीर्णावस्थामा पुगेको घर पनि ढलेपछि उनले दु:ख‌ व्यक्त गरेका छन्। विशेष गरी घैयाबारीको अप्पर‌ गैरी गाउँमा जीर्णावस्थामा रहेको घरमा अरुणा ठटाल बस्दै आएको विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ सबैलाई एक वर्ष अघि नै सूचित गर्दै आएको र यस जीर्णावस्थामा रहेको घर मरमत्तिको लागि निवेदन पनि गरेका थिए।‌तर‌ कसैले सहयोग नगरेको अनि अहिले आएर उक्त जीर्णावस्थामा रहेको घर पनि ढलेको बताएका छन्‌। उनले यस विषयमा भने, हालमा पूजा आजा, विभिन्न बिमारीलाई सहयोग गर्ने, तथा खेलहरु आयोजनामा लाखौं लाख रुपियाँ खर्च गरिने तर एकजना गरीबको घर बनाउन कसैले‌ सहयोग नगरेको आरोप लगाएका छन्।‌ उनले जीर्णावस्थामा पुगेर‌ पनि ढलेको ठटालको घर सबै मिलेर बनाई दिनु पर्ने आह्वान् गरेका छन्।‌ यस जीर्णावस्थामा पुगेको घर बनाउन कसैले‌ पहल गरेनन्।‌कसैले‌ सहयोगसम्म पनि गरेनन्। भनौं नै भने घैयाबारीको अप्पर‌ गैरी गाउँमा जीर्णावस्थामा पुगेको घर बनाउन न त सरकार, न त गैर सरकारी संस्थाहरु नै अघि आए।‌ हालमा पञ्चायतदेखि पञ्चायत समिति, जीटीए, विधायक, सांसद सबै निर्वाचित छन्। तर गरीबको घर बनाउन भने कसैको नजर परेन।‌ ठूल्ठूला एनजीओ र समाजिक कार्य गर्ने व्यक्तिहरुको पनि नजर परेन यस जीर्णावस्थामा पुगेको घर मरमत्ति साथै निर्माणको लागि।‌ अन्त: जीर्णावस्थामा पुगेको घर आफै मक्केर गर्लम्मै ढलेर घरविहीन बनेकी छन् अरुणा ठटाल।‌ उनको नयाँ घर बनाउन साथ सहयोगको आवश्यकता देखिएको छ‌।

About Author

Advertisement