घूम जोरबंग्लो स्पोर्टिंग क्लब विजयी, हिमालयन र मेवरिक एससी-बीच म्याच ड्र

IMG-20240720-WA0238

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीग प्रतियोगिताहरू आजदेखि शुरु भयो। लेबोंग स्थित गोर्खा स्टेडियममा शनिवारदेखि शुरु जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीगको उद्घाटन म्याचमा घूम जोरबंग्लो स्पोर्टिंग क्लबले जीत हासिल गऱ्यो। रोमाञ्चक म्याचमा घूम जोरबंग्लो स्पोर्टिंग क्लबले रिषिहाट युनाइटेड फूटबल क्लबलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट रेशभ तामाङ, निखिल राई र शिवेन सुब्बाले गोल गरे। यसरी रिषिहाट युनाइटेड फूटबल क्लबबाट प्राञ्जल थापा र शेखर राईले गोल गरे। यसरी डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीग हिमालयन फूटबल क्लब र मेवरिक स्पोर्टिंग क्लबबीचको म्याच २-२-ले ड्र रह्यो। हिमालयन फूटबल क्लबबाट मेण्डिस मंगर र मणिराज सुब्बाले गोल गरे। यसरी मेवरिक स्पोर्टिंग क्लबबाट आर्यन खवास र अदित्य गुरुङले गोल गरे। आज उद्घाटन समारोहमा अतिथिको रुपमा जीटीए-का कार्यकारी सभासद योगेन्द्र प्रधान, दार्जीलिङ नगरपालिकाका चेयरम्यान दिपेन्द्र ठाकुरी र सेण्ट जोसेफ्स कलेजका प्रिन्सिपल रेभ. फादर डोनाटस उपस्थित थिए। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ।

यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान र अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

About Author

Advertisement