घुम्न निस्केका शिक्षक दम्पती दुर्घटनामा परे

IMG-20241225-WA0230-1

अलिपुरद्वार: दिसम्बर २५ मा, एक शिक्षकको परिवार बाहिर घुम्न निस्किएको बेलामा दुर्घटना भयो। बडा दिनमा परिवारसँग खुशीको मुडमा बाहिर निस्कँदा एक शिक्षक दम्पती दुर्घटनामा परे। परिवार बुधबार दिउँसो अलिपुरद्वार जिल्लाको कुमारग्राम ब्लकको बारबिशामा रहेको स्थानीय पेट्रोल पम्पबाट आफ्नो निजी कारमा तेल भरेर राष्ट्रिय राजमार्ग ३१सी मा अलिपुरद्वार तर्फ गइरहेको थियो। अचानक पछाडिबाट आएको कन्टेनरले दायाँ तर्फबाट कारलाई धक्का दियो। कोही घाइते नभए पनि भ्यानमा भने ठूलो क्षति पुगेको छ।

About Author

Advertisement