कछार: स्वतन्त्रता संग्रामको प्रथम क्रान्तिकारी शहीद मंगल पाण्डेयलाई उनको जयन्तीमा शहीद मंगल पाण्डेय मूर्ति स्थापना समितिले श्रद्धाञ्जली अर्पित गऱ्यो। बुधबार कछार जिल्लान्तर्गत घुंघूर बाइपास स्थित शहीद मंगल पाण्डेय चौकमा जयन्तीमा स्थापना समितिले भव्य आयोजन गऱ्यो। यसमा स्थापना समितिका पदाधिकारी र सदस्यहरूले भाग लिए। यस अवसरमा शहीद मंगल पाण्डेयको प्रतिमामा दियो बालेपछि पदाधिकारी र सदस्यहरूले पुष्प अर्पित गरी शहीदलाई याद गरे। यस अवसरमा दिलीप कुमारले भने, ‘घुंघूर बाइपासमा कुनै पनि मूल्यमा शहीद मंगल पाण्डेयको मूर्ति स्थापना हुनेछ, यसको निम्ति सम्पूर्ण बराकघाटीमा जन जागरण अभियान चलाइनेछl’ उनले राज्यका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमासित छिट्टै नै अनुमति दिने अनुरोध गरे। कार्यक्रममा उपस्थित सदस्यहरूले मूर्ति स्थापनाको निम्ति आफ्नो संकल्प व्यक्त गरे। -हिस









