घऱदैलो कार्यक्रम अन्तर्गत मन्त्री नेपालले भेटे स्थानीय जनता

IMG-20230213-WA0029.jpg

गेजिङ: क्षेत्रका जनतासँग भेट गरेर उनीहरूको दुखेसो सुन्ने अनि समस्या समाधान हेतू शुरु गरिएको घर दैलो अभियान अन्तर्गत गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक तथा मन्त्री लोकनाथ नेपालले आज बिहानदेखि आफ्नो समष्टिअन्तर्गत ६ माइलबाट मानिसहरू भेट्ने कार्य शुरू गरे। पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा महिनाव्यापी घर दैलो अभियान गरिने पार्टीले निर्णय लिएको छ। सोही क्रममा मन्त्री नेपालले पनि आफ्नो समष्टिमा आइतवारदेखि यो अभियानको शुभारम्भ गरेका हुन्। आज चौथो दिनको भ्रमणमा मन्त्री शर्माले गेजिङ ओमचुङ ग्राम पञ्चायतको मालबाँसे वार्डमा घर दैलो अभियान गर्दै स्थानीय जनता सँग भेटघाट गरे। यस अवधि मन्त्री नेपालसँग नगर पञ्चायत सभापति देवेन्द्र शर्मा, पञ्चायत शर्मिला तिवारी ग्राम पञ्चायत गण पार्टीकाे समष्टि स्तरीय सभापति सनवीर सुब्बा,महासचिव के.बी.छेत्री एवं पार्टीका समष्टि स्तरीय समिति ब्लक स्तरीय समिति लगायत अन्यको उपस्थिति रहेको थियो। मन्त्री नेपालले मालबाँसे वार्डमा सड़क सम्पर्क, खाने पानी लगायत अन्य विभिन्न पूर्वाधार विकास सरकारले शीघ्र गर्ने उल्लेख गर्दै तर यसको निम्ति जमीनदाताहरूले जमीन दिनुपर्ने आग्रह गरे। जमीन उपलब्ध भएको खण्ड विकास स्वतः हुने पनि जानकारी दिए। यस अवधि मालबाँसे वार्ड स्तरीय समिति पनि गठन गरिएको थियो।

About Author

Advertisement