घर भाडाको विवादमा टीएमसी नेतामाथि हमला

0cbfddc4-bdef-4233-8dca-344e9dba3e20

सिलगढी: घर भाडाको विवादमा वार्ड नम्बर ३४ का अध्यक्ष सहित तृणमूलका कार्यकर्ताहरूलाई कुटपिट गरेको सनसनीपूर्ण घटना प्रकाशमा आएको छ। शुक्रबार राति तृणमूलका वार्ड अध्यक्ष अरूप चक्रवर्ती र तृणमूलका केही नेता तथा कार्यकर्ता वार्ड नम्बरमा रहेको आफ्नो पार्टी कार्यालयमा गएका थिए। यसै क्रममा अरूप चक्रवर्ती र तृणमूल कार्यकर्तामाथि आक्रमण भएको थियो। घटनापछि अरुप चक्रवर्तीले एनजेपी पुलिस थानामा लिखित उजुरी दिएका थिए। घटनामा एकजना पक्राउ परेका छन्।

About Author

Advertisement