मालदा: घर भाग (अंशबण्ड) लाई लिएर दुई परिवारबीच भएको झगडामा एकै परिवारका ६ जना घाइते भएका छन्। घाइतेहरूको मालदा मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ। घटना बुधबार बिहान मालदाको मोथाबाडी थाना क्षेत्रको गंगा प्रसाद कालोनी क्षेत्रमा भएको हो। रफिजुल शेख, उनकी बहिनी तन्जुमा बिबी, मिठु शेख, तन्जिला बिबी, नेहल बेवा र रजिना बिबी घाइते भएका छन्। आज बिहान रफिजुल शेख र अनवर अलीबीच घर भागको विषयमा झगडा भएको बताइएको छ। दुई परिवारबीच झगडा भएपछि झडप सुरु भएको हो। घटनामा रफिजुल सेखको परिवारका ६ जना घाइते भएका छन्। घटनाबारे मोथाबादी पुलिसमा लिखित उजुरी परेको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।









