घरको छतमा मयूर देखिएपछि जम्मियो भीड

IMG-20240603-WA0195

सिलगढी: सिलगढी डिभिजनको विधाननगरमा मयूर भेटिएपछि सनसनी मच्चिएको छ। सिलगढी डिभिजन काउन्सिल अन्तर्गत फणसीदेवा ब्लकको विधान नगरबाट मयूर बरामद गरिएको हो। यो घटनाले सम्पूर्ण क्षेत्रमा सनसनी फैलाएको छ। यो दिन एक व्यक्तिले आफ्नो घरको छतमा मयूर देखेको बताइन्छ। त्यसपछि उक्त व्यक्तिले मयूरलाई बचाए र तत्कालै पुलिसलाई खबर गरे। घटनाको जानकारी पाएलगत्तै विधाननगर पुलिस चौकी घटनास्थलमा पुगेको थियो। त्यसपछि पुलिसले गएर मयूरलाई उद्धार गरी पुलिस चौकी लगेको थियो। यता, विधाननगर पुलिस चौकीले यस घटनाको जानकारी वन विभागलाई दिएपछि घोषपुकुर रेन्जका वन कर्मचारी घटनास्थलमा पुगेपछि वनकर्मीले मयूरलाई बचाएर वन विभागमा लगे। घोषपुकुर रेन्जका स्रोतका अनुसार उद्धार गरिएका मयूरलाई जंगलमा छाड्ने तर त्यसअघि शारीरिक परीक्षण गरिने छ। तर, पुलिस र वन विभागले उक्त क्षेत्रमा मयूर कहाँबाट आयो भन्नेबारे अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement