सिलगढी: सिलगढी महकुमाको फणसीदेवा ब्लकस्थित मोतीधर चियाबारी क्षेत्रमा १८ दिनकी नवजात शिशुको शव घर पछाडि गाडेको घटना सार्वजनिक भएको छ। अर्कोतर्फ, यो खबर फैलिएसँगै आज पुरै क्षेत्रमा सनसनी फैलिएको छ। आज बालिकालाई खोप दिन आशा कार्यकर्ता निर्मल तोपरको घर पुगेकी थिइन्। आशा कार्यकर्ताले छोरी कहाँ छिन् भनेर सोध्दा तिनले बिरामीकै कारण मृत्यु भएको बताए। तिनको शव घर पछाडि गाडिएको छ। यो खबर फैलिने बित्तिकै इलाकामा हलचल मच्चियो। आँगनमा गाडिएको १८ दिनकी नवजात बालिकालाई आशा कार्यकर्ताले नै हतारमा निकालेपछि तिनलाई विधाननगर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो।
जहाँ चिकित्सक विश्वजित दत्तले बालिकालाई मृत घोषणा गरेका थिए। यसपछि विधाननगर प्रहरी थानालाई जानकारी दिइएको थियो। पुलिस तुरुन्तै घटनास्थल पुग्यो र बालिकाको शव पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज र अस्पताल पठाइएको थियो। यता प्रहरीले मृतक बालिकाका अभिभावकलाई सोधखोजका लागि प्रहरी चौकी ल्याएको छ। बिरामीका कारण बालिकाको मृत्यु भएको आफन्तले प्रहरीलाई बताए। त्यसपछि बालिकाका बाबुले छोरीको आँगनमा गाडेर दाहसंस्कार गरेका थिए। पोष्टमार्टमपछि बालिकाको हत्या भएको हो वा बिरामीकै कारण मृत्यु भएको हो भन्ने खुल्ने छ। घटनाको बिधाननगर प्रहरी चौकीले अनुसन्धान सुरु गरेको छ।











