कालचिनी। विश्व पर्यावरण दिवस बितेर गए तापनि धेरै स्कूलहरू छुट्टी परेकोले उक्त दिन पर्यावरण दिवस पालन गर्न नसकेकोमा आज चुवापाड़ा चियाबारीको ग्रीन भ्याली एकाडेमी स्कूलको पक्षबाट चुवापाड़ा चियाबारीमा रुख लगाऔँ जीवन बचाऔँ- को नारासितै स्कूल परिसरमा लगायत चुवापाड़ा गार्डेन अस्पताल, चुवापाड़ा टीजी प्राईमरी स्कूल, बिरसा चौक, शंकर महली चौक र चुवापाड़ा गुम्बा परिसरमा फलफूल, औषधीय र छाँयादार रुखको बिरुवाहरू रोपण गरिएको थियो।

सो अवसरमा ग्रीन भ्याली एकाडेमीका प्रिन्सिपल भादुवा कुजूर, भाइस प्रिन्सिपल भीम सुब्बा कालचिनी थानाका मेजो बाउ प्रद्युत सरकार, चुवापाड़ा समाजसेवी बिक्रम विश्वकर्मा, पूरण धनवार एवम् आदिको उपस्थिति रहेको थियो।









