ग्राम कल्याण समिति तीनधारेद्वारा गाउँ सर सफाई

IMG-20250605-WA0243

खरसाङ: तीनधारेको क्रिकेट बजारस्थित ग्राम कल्याण समितिद्वारा विश्व पर्यावरण दिवस पालन गर्दै गाउँ सर सफाई गरिएको छ। ग्राम कल्याण समितिद्वारा आफ्नो गाउँ आफै सफा गरौं भन्ने विषयलाई लिएर सबैले मिलेर सम्पूर्ण गाउँ घर सर सफाई गरिएको जानकारी प्राप्त भएको छ। उक्त सर सफाईपछि ग्राम कल्याण समितिको एउटा सभा पनि आयोजना गरिएको छ। उक्त सभा ग्राम कल्याण समितिको सभापति जेबी गुरूङको अध्यक्षतामा र सचिव सञ्जीब मंगरको सञ्चालनमा सम्पन्न भएको छ। सभामा विशेष गरेर तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको विशेष उपस्थिति रहेको थियो‌। सभामा ग्राम कल्याण समितिको तर्फबाट सभासद समक्ष मैला फ्याँक्ने ठाउँ निर्माण गर्नलाई मांग गरिएको र सभासदले पनि आगामी १५ दिनभित्रमा केही व्यवस्था गरिदिने आश्वासन दिएको बताएका छन्‌।


गाउँमा मैला फ्याँक्ने ठाउँ निर्माणको लागि ग्राम कल्याण समितिको तर्फबाट ग्राम पञ्चायतमा पनि मांग गरिएको ग्राम कल्याण समितिको सचिव सञ्जीव मंगरले जानकारी गराएका छन्‌‌।

About Author

Advertisement