शिवसागर (असम): गौरीसागर स्थित नशा मुक्ति केन्द्रमा एकजना युवकको रहस्यमय ढंगमा मृत्यु भएको छ। सो घटना ओभर कम फाउण्डेशनब्दारा संचालित नशामुक्ति केन्द्रमा भएको हो।
पुलिसले बुधवार घटना बारे जानकारी गराउँदै भने मृतकको पहिचान शिवसागरको बेतबारी निवासी पलाश चेतिया (२५) -रहेका छन्।
सो युवकको मृत्युको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। युवकलाई प्रगति अस्पतालमा लगिएको थियो तर अस्पताल पुरयाउनु लगतै डाक्टरले मृत घोषित गरेका थिए।








