गौरव शर्माले गरे कावाखाली ट्राफिक आउटपोस्ट तथा बाघडुग्रा ट्राफिक गार्डको उद्घाटन

18-55-25-911a4fa3-9c30-41e5-b827-4534aec67732-1024x576.jpg

सिलगढी: आज कावाखाली ट्राफिक आउटपोस्ट तथा बाघडुग्रा ट्राफिक गार्डको पुलिस कमिश्नर गौरव शर्माले उद्घाटन गरे। गत १५ जुनमा कावाखालीमा अस्थायी ट्राफिक गार्ड स्थापित गरेपछि सड़क दुर्घटना केही कम्ती भइरहेको छ। कमिश्नर गौरव शर्माले आज रिबिन काटेर कावाखाली ट्राफिक आउटपोस्ट तथा बाघडुग्रा ट्राफिक गार्डको उद्घाटन गरे। यसको साथै हेलमेट नलगाई बाइक चलाइरहेका चालकहरूलाई हेलमेट पनि प्रदान गरे। यस सम्बन्धमा डीसीपी ट्राफिक अभिषेक गुप्ताले भने, भविष्यमा दुर्घटना सम्भावित इलाकालाई दुर्घटना मुक्त बनाउने मुख्य उद्देश्य रहेको छ।

About Author

Advertisement