गो फर्स्टका सबै उड़ानहरू रद्द

go-first-dailyo-1030523032426-1.jpeg

नयॉं दिल्ली: संकटग्रस्त एयरलाइन्स कम्पनी गो फर्स्टले आफ्ना सबै उड़ानहरूको संचालन १९ जूनसम्म रद्द गरेका छन्। एयरलाइनले वित्तीय संकटका कारण आफ्ना उड़ानहरू रद्द गरिरहेको छ। साथै, कम्पनीले रिफण्ड लिने तरिका पनि बताएको छ। यस अघि गो फर्स्टले १६ जूनसम्म आफ्नो उड़ान रद्द गरेको थियो।

गो फर्स्टले बिहिवार ट्वीटमा भनेको छ, परिचालन सम्बन्धी कारणले १९ जून, २०२३ सम्म गो फर्स्टका सबै उडानहरू रद्द गरिएका छन्। उडान रद्द भएकाले तपाईहरूको यात्राको योजना बाधित हुन सक्छ। हामी हर सम्भव सहायता प्रदान गर्न प्रतिबद्ध छौ। गो फर्स्टले चॉंडै बुकिङ शुरू गर्ने पनि बताएको छ।

एयरलाइन्सले भनेको छ, कम्पनीले तत्काल समाधान र परिचालनलाई फेरि शुरू गर्न एउटा आवेदन दर्ता गरेको छ। एयरलाइनले यात्रीहरूको टिकट रिफण्ड तथा अन्य दावीहरूलाई सम्बोधित गर्न लिंक पनि साझा गरेको छ।

About Author

Advertisement