गोविन विश्वकर्मको नेतृत्वमा भारतीय गोर्खा परिसंघ लखिमपुर जिल्ला समिति गठन

IMG-20250121-WA0197

लखिमपुर: लखिमपुर जिल्ला अन्तर्गत  खेलमाटी स्थित होटेल सरनाजको प्रेक्षागृहमा भारतीय गोर्खा परिसंघको लखिमपुर जिल्ला समिति विधिपूर्वक गठन विशेष अधिवेशन मार्फत सम्पन्न हुन्छ। सो सभाको अध्यक्षता छिमेकी धेमाजी जिल्ला भारतीय गोर्खा परिसंघ को अधक्ष्य गणेश विश्वकर्माले गर्नुहुन्छ। परिसंघ परिवारको सय भन्दा बढी सदस्यको उपस्थितिमा विशेष अधिवेशन मार्फत लखिमपुरबाट भारतीय गोर्खा परिसंघका राष्ट्रिय परिषद सदस्य र दसरथ माझी फाउण्डेशनका मुख्य कार्यकारी अधिकारी तथा प्रतिष्ठापक सञ्चालक गोविन विश्वकर्मलाई अधक्ष्यको दायित्व दिएर दर्विलो जिल्ला। समिति गठन हुन्छ भारतीय गोर्खाहरूको राष्ट्रिय संस्था भारतीय गोर्खा परिसंघको असम राज्य अन्तर्गत लखिमपुर जिल्ला समितिको गठन आईतबार सम्पन्न भएको हो। लखिमपुर जिल्लाको सरनाज होटेलमा आयोजित यस कार्यक्रममा गोबिन विश्वकर्मा जिल्ला सभापति, चनबीर सोनार कार्यकारी सभापति र हर्क बहादुर सोनार (सुमित) मूल सचिवको रूपमा निर्विरोध निर्वाचित भए।

यस विशेष अधिवेशन ले गोर्खा लाई रैथाने मर्यादा दिलाउन संग्रामको क्रममा लखिमपुर जिल्लाको गोर्खाको भूमि पटनको विषयदेखि लिएर सबै समस्या समेटेर गोर्खा हितको प्रस्तावहरु सर्वसम्मतिले अनुमदन गरेको छ। लखिमपुर जिल्लामा बसोबास गर्ने महानुभावहरूलाई समेटेर जातीय सुरक्षा र परिमार्जित समाज निर्माण हेतु परवर्ती समयमा भागोप लखिमपुर जिल्ला समिति विस्तार गरी हर भेकमाबाट प्रतिनिधि लिएर गठन गरिन्ने छ। सभाको थालनी झन्डोत्तलनबाट शुरू गरिन्छ, भागोपको पवित्र झन्डा फहराउनु हुन्छ भागोप असम प्रदेश समितिका माननीय अध्यक्ष अमर अधिकारीज्यूले भने सहिद तर्पणमा मुख्य तर्पकको दायित्व निभाउनु हुन्छ असम प्रदेश कार्यकरी अध्यक्ष ठन्डी नेवारद्वारा तथा भागोप संरक्षक अमर छेत्रीले र लक्ष्मी भारद्वाजको बाहुलीबाट दिप प्रज्वलन हुन्छ।  झन्डै एक सयजना भन्दा बढी प्रतिनिधिको उपस्थितिमा भागोप लखिमपुर जिल्ला समिति सर्वसम्मतिक्रमले पुनर्गठन  हुन्छ। गोगामुख ज्ञान्दीप एकाडेमीका अध्यक्ष भागोप राष्ट्रिय परिषद सदस्य खेम प्रधान, भागोप असम प्रदेशको संग्रक्षक अमर छेत्री र लक्ष्मी भारद्वाज ज्यूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा लखिमपुर जिल्लाका विभिन्न क्षेत्रका जनताको उत्साहपूर्ण उपस्थिति देखिनुका साथै एक सशक्त र उत्कृष्ट जिल्ला समिति क्रमश गठन भएको छ। भारतीय गोर्खा परिसंघ लखिमपुर जिल्ला समिति मुख्य पृष्ठपोषक: असिक विश्वकर्मा उपदेष्ठागण: तुलसी उपनध्याय, गोपाल लिम्बू, लक्खि शर्मा, शान्ति बहादुर विश्वकर्मा, अधक्ष्य: गोविन विश्वकर्म, कार्यकरी अध्यक्ष: चान्दबीर सुनार उपाध्यक्ष्य: एल बी शर्मा, श्रीमती सावित्री विश्वकर्म, मूलसचिव: हर्क बहादुर सुनार, सचिव: गोपाल छेत्री, अरूण सुब्बा, सुवास दर्जी कोषाध्यक्ष: विष्णु विश्वकर्म, साङ्गठनिक सचिव: अमृत विश्वकर्म, प्रसार सचिव: विकास सुनार, शिक्षा सचिव: नवीन छेत्री, सह-शिक्षा सचिव: युवराज पाण्डे, साँस्कृतिक सचिव: रमेश सुनारी, कार्यालय सचिव: अर्जुन सुनारी, कार्यकरी सदस्य/सदस्यागण:  धनपति शर्मा, मोहनलाल छेत्री,  तीर्थ नेवार, नन्द कुमार नेवार,  कौशिला देवी नेवार,  मोहन बहादुर छेत्रीl

About Author

Advertisement