नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखड़ सहित अन्यले बिहिवार गोवाको ३७औं स्थापना दिवसमा राज्यवासीहरूलाई शुभकामना दिँदै गोवा प्राकृतिक सुन्दरता र जीवन्त संस्कृतिको भूमि हो भने।
राष्ट्रपतिले सोशल मीडिया प्लेटफार्म एक्समा लेखिन्, गोवाको राज्य दिवसमा गोवाका सबै निवासीहरूलाई शुभकामना दिँदछु। गोवा प्राकृतिक सुन्दरता र जीवन्त संस्कृतिको भूमि हो। गोवावासीहरू आफ्नो प्रगतिशील मूल्यहरू र आतिथ्यको निम्ति चिनिन्छन्। गोवाले धेरै मानव विकास सूचकांकहरूमा उल्लेखनीय प्रगति गरेको छ। यो सुन्दर राज्य र यहाँका मानिसहरू समृद्धि भइरहुन् र विकासको पथमा अघि बढ़िरहुन्।
उपराष्ट्रपतिले एक्समा लेखे, गोवा राज्य स्थापना दिवसमा बधाई। मनलाई मोहित गर्ने तटीय परिदृश्य, समृद्ध परम्पराहरू र आतिथ्यको निम्ति चिनिने मानिसहरूले सम्पन्न गोवाले भारतको सांस्कृतिक विविधतामा एक अद्वितीय स्थान राख्दछ। राज्य निरन्तर समृद्ध भइरहोस् र प्रगति र खुशियालीको नयाँ शिखरहरू छोइरहोस्, यही कामना गर्दछु।
केन्द्रिय गृह मन्त्री अमित शाहले भने, गोवामा बस्ने हाम्रा भाई-बहिनिहरूलाई राज्य स्थापना दिवसको बधाई। आफ्नो सुन्दर समुद्र तटहरू र जीवन्त संस्कृतिको साथ गोवाले गत धेरै वर्षमा वैश्विक पर्यटन मानचित्रमा आफ्नो पहिचान बनाएको छ र देशको अर्थव्यवस्थामा भरपूर योगदान दिएको छ। म गोवावासीहरूलाई शुभकामना दिँदछु किनभने मुख्यमन्त्री डा. प्रमोद सावन्तले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा राज्यलाई समृद्धिका नयाँ शिखरहरूतिर लगिरहेका छन्। उल्लेख्य, १९८७ मा आजकै दिन गोवा भारतीय संघको २५औं राज्य बनेको थियो।










