गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले गोल्डेन भ्वाइस अफ सिक्किम, गोल्डेन फीट अफ सिक्किम र गोल्डेन बीट अफ सिक्किमको भव्य अन्तिम चरण साक्षी बन्न पाउनु अत्यन्तै हर्षको विषय रहेको व्यक्त गरे।

सामाजिक संजाल मार्फत मुख्यमन्त्रीले उक्त कार्यक्रममा प्रस्तुत गरिएको प्रतिभाको समृद्धि साँच्चिकै प्रभावशाली रहेको जनाए। उनले राज्यका विभिन्न भागबाट अत्यधिक सहभागिता भएको कुरा थाहा पाउँदा प्रसन्न भएको र यति धेरै प्रतिभाशाली व्यक्तिहरूले सार्वजनिक रूपमा आफ्नो क्षमता प्रस्तुत गर्न पाएको मञ्च देखेर मन आनन्दित भएको संजालमा उल्लेख गरे।

यसैगरी मुख्यमन्त्रीले प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई हार्दिक बधाई दिए र सहभागी सबैप्रति उनीहरूको उत्साह, समर्पण र उत्कृष्ट प्रतिभाका लागि प्रशंसा व्यक्त गरे।










