गोलीकाण्डको विरोधमा दमकमा बिरोध जुलुस

IMG-20250129-WA0137

दमक: ताप्लेजुङको फुङलिङ-११ स्थित बलुडाँडामा भएको गोलीकाण्डको विरोधमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भ्रातृ संगठन लिम्बुवान भोलेन्टियर्स (एलभी) को केन्द्रीय कमाण्डको आयोजनामा झापाको दमकमा मार्चपास निकालिएको छ।
लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय कमाण्डर थाङसाङ लावतीको नेतृत्वमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन (मिराक) लगायत करिब १८० जनाको उपस्थितिमा दमकमा मार्चपास निकालिएको हो।
‘मुक्कुमलुङ गोलीकाण्ड दोषीलाई कारबाही गर, केवलकार बन्द गर, केवलकार निर्माण समूह मुर्दावाद, केवलकार चाहिदैन ,गोली हान्न पाइदैन, गोलीकाण्डको न्यायिक छानबिन गर, सिडिओ र मेयरलाई कारबाही गर, गोली हान्ने ओली सरकार मुर्दावाद’ जस्ता नाराहरु लेखिएको प्लेकार्ड बोकेर नाराबाजी गर्दै उक्त मार्चपास आकाशे पुलबाट ट्राफिक चोक, आदर्श टोल, बेलडाँगी रोड, भृकुटी चोक, मामा चोक, फाल्गुनन्द चोक, नगरपालिका रोड, हनुमान मन्दिर, पशुहाट हुँदै पुनः आकाशे पुलमा आएर कोणसभामा परिणत भएको थियो।
उक्त कोणसभालाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन (मिराक) ले संबोधन गरेका थिए।

About Author

Advertisement