गोलाघाट जिल्ला गोर्खा सम्मेलनको रजत जयन्ती समारोह

IMG_20230213_213037.jpg

उरियामघाट(गोलाघाट- असम): गत ११ र १२ फरवरीमा असम गोर्खा सम्मेलन, गोलाघाट जिल्ला समितिको सातौं त्रैवार्षिक अधिवेशन र जिल्ला समितिको रजत जयन्ती समारोह जिल्लाको उरियामघाट शान्तिपुर गोर्खा भवन प्राङ्गणमा भव्यताका साथ सम्पन्न भयो। पहिलो दिन  २५ वटा झण्डात्तोलन, शहीद तर्पण र प्रतिनिधि सभा सम्पन्न भयोl प्रतिनिधि सभाले राजु खनाललाई सभापति र मून प्रधानलाई कार्यकारी सभापतिका रूपमा र अन्य पदमा निर्विरोध तरिकाले चयन गर्दछ भने मताधिकारको प्रयोगद्वारा केपी थापा मगरलाई मूलसचिव निर्वाचित भए। 

दोस्रो दिन बहुजातीय जनजातीय रङ्गारङ्ग सांस्कृतिक शोभायात्रा सम्पन्न भयोl दिउँसो जिल्ला सभापति काजिराम बिष्टको अध्यक्षतामा सम्पन्न भएको आम सभामा मुख्य अतिथिको रूपमा उपस्थित रहेर असम गोर्खा सम्मेलनका केन्द्रीय सभापति कृष्ण भूजेलले अगोसले विगतका दिनमा गरेका गतिविधि र भावी योजनाबारे विस्तारमा बताए। सभामा नाट्यभुषण सी के श्रेष्ठले जातीय एकता कायम राख्ने आह्वान गर्दै आफ्नो वक्तव्य प्रस्तुत  गरे। अब गोर्खाल्याण्ड क्षेत्रको गोर्खाले असमको गोर्खासँग ‘संघातविहीन गोर्खा समाज’ निर्माण गरेर जातीय मुद्दा फतेह गर्ने मूलमन्त्र अपनाए मात्र गोर्खाल्याण्ड सम्भाव होला भन्ने बताए। स्मरण रहोस्, गोर्खा सम्मेलन यस कार्यक्रम हेतु स्वागतकारिनी समितिको अध्यक्षको रूपमा गोर्खा स्वायत्त साशन माग समिति (जीएसीडीसी) केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष दिल बहादुर लिम्बु  र मूल सचिव आग्सु केन्द्रीय कार्यकारी सदस्य गेनिन्द्र छेती उपस्थित थिए।  लिम्बुद्वारा स्वागत भाषण राखिएको सभामा धनशिरी महकुमाकी महकुमाधिपति श्रीमती दिनसेङ्फा बरूवाले उद्घाटन गरिन्। आम सभामा असम नेपाली साहित्य सभा, गोलाघाट जिल्ला समितिका सभापति गोपाल श्रेष्ठ अनि मूल सचिव सोभित विष्ट सम्पादक रहेको स्मिर्तिग्रथ ‘छाप’ को विमोचन असम प्रदेश भारतीय गोर्खा परिसंघका कार्यकारी अध्यक्ष ललित सुब्बा साथै स्मृतिग्रन्थका मुख्य सम्पादक डम्बर बहादुर लिम्बुले  गरे। कार्यक्रममा विभिन्न जात गोष्ठीका लोक नृत्य प्रदर्शन र खुकुरी नृत्य प्रदर्शनले कार्यक्रमलाई मनमोहक बनाएको थियो। बोडो नागा असोमिया, राई, लिम्बु, मगर, गुरुङ आदिवासी आदि प्रदर्शनी मुलक नृत्य खुल्ला सभामा राखिएको थियो। यसै सभामा असम गोर्खा सम्मेलनको केन्द्रीय कार्यक्रम क्यालेन्डर लोकार्पण गरियो।

About Author

Advertisement