गोर्खा स्वाभिमान संग्रह समितिद्वारा दार्जिलिङमा जनसभा

राज्य सरकार र भाजपासित कुनै सम्बन्ध छैन तर जनतासित छ: बिमल गुरुङ

दार्जिलिङ: गोर्खा स्वाभिमान संग्रह समितिद्वारा आज दार्जिलिङमा जनसभा आयोजना गरिएको थियो। उक्त जनसभा दार्जिलिङको क्यापिटल हल अघि सम्पन्न भएको छ। उक्त जनसभामा दार्जिलिङको हेभी वेट नेताहरूका उपस्थिति एकै मञ्चमा रहेको थियो। यसमा हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्ड, गोजमुमो अध्यक्ष बिमल गुरुङ, सिटीजन फोरमबाट डा महेन्द्र पी लामा, पूर्व सांसद एंव सीपीआईएमको नेता समम पाठक, तारा सुन्दास, सभासद बिनय तामाङ, प्रकाश गुरुङ, सञ्जय थुलुङ, अञ्जानी शर्मा भुजेल लगायत अन्य नेतृत्वहरू उपस्थित रहेका थिए। जनसभालाई सम्बोधन गर्दै गोजमुमो अध्यक्ष विमल गुरुङले हामी गोर्खाल्याण्डको लागि एकै मञ्चमा आएको बताउँदै हाम्रो सभालाई विफल पार्ने कोशिष गरिए पनि यो सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। उनले हामी भविष्यमा लोकतान्त्रिक ढंगमा हाम्रो लड़ाई लड्नेछौं भनी बताउँदै राज्य सरकार र भाजपासित कुनै सम्बन्ध नरहेको तर जनतासित सम्बन्ध रहेको दावी गरेका छन्। त्यसरी नै हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले हामीले भारतीय जनता पार्टीलाई चौध वर्ष सहयोग गरौं तर केही दिएन। तर अब केन्द्र सरकारले २०२४ अघि हाम्रो लागि केही गर्नुपर्छ भनी बताएका छन्। उनले आज २२ राजनैतिक पार्टीहरू र अराजनैतिक संस्थाहरू सामेल रहेको र हामी एक भएर लड़ाई लड्नेछौं अनि अब समय नष्ट गर्ने छैनौं भनी बताएका छन्।

About Author

Advertisement