गोर्खा संस्कृति केन्द्र निर्माणको लागि अनित थापालाई ज्ञापन पत्र

IMG-20250823-WA0079

खरसाङ: अनुसूचित जाति संयुक्त मञ्चले गोर्खा संस्कृति केन्द्र निर्माणको लागि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापालाई ज्ञापन पत्र बुझाएका छन्। उक्त ज्ञापन पत्र सभासद प्रणाम रसाइलीको माध्यमबाट बुझाइएको छ।‌ उक्त ज्ञापनमा संयुक्त मञ्चले अनुसूचित जातिको विभिन्न सांस्कृतिक बाजा गाजाहरु संरक्षण र सम्बर्द्धनको लागि गोर्खा संस्कृति केन्द्र स्थापना गर्न माग गरिएको छ‌। उक्त गोर्खा संस्कृति केन्द्र निर्माण टोलीमा अनुसूचित जाति संयुक्त मञ्चको सभापति राजेस गजमेर, उप सभापति गोपाल सेवा, सचिव प्रभात गजमेर, सह सचिव कल्याण बगदास, कुबेर सार्की, कोषाध्यक्ष लिला सिंह विश्वकर्म लगायत ६ जना कार्यकारी सदस्यहरु उपस्थित रहेका थिए। उक्त गोर्खा संस्कृति केन्द्र निर्माण विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै सभापति राजेस गजमेर र सचिव प्रभात गजमेरले गोर्खा जातिको विलुप्त हुँदै गएको सांस्कृतिक बाजा गाजाहरु जस्तै बादल, नौमति बाजा लगायत अन्यको संरक्षण र सम्बर्द्धनको लागि गोर्खा संस्कृति केन्द्र निर्माणको आवश्यकता रहेको र यसको लागि जीटीए‌ प्रमुखलाई अघिबाटै संस्थाले‌ भेट गरिसकेको बताए। दुवैले नौमति बाजा र मादलको संरक्षण र सम्बर्द्धनको लागि कसैले पनि गोर्खा संस्कृति केन्द्रमा‌ रिसर्च गर्न सक्ने जानकारी गराएका छन्।

About Author

Advertisement